रोचक/विचित्र संसार

सानी बालिकाले जेसीबी तानेको भिडियो भाइरल

By खबरहब

January 18, 2022

साना बालबालिकासँग खेल्नुको मज्जा बेग्लै हुन्छ । उनीहरु खेल्दा जुनै उमेरका मानिस पनि बालबालिका झै व्यवहार गर्न पुग्छन् ।

अहिले सामाजिक सञ्जालमा यस्तै एक भिडियो भाइरल बनेको छ, जहाँ एक सानी बच्चीले ठुलो जेसीबी आफ्नो खेलौनाले तानेकी छिन् ।

भिडियोमा देखिए अनुसार हिलो कच्ची सडकमा एउटा जेसीबीलाई एक सानी बालिकाले आफ्नो खेलौना ट्याक्टरले तानेकी छन् ।

रमाइलो त के छ भने ती बालिकाले जेसीबीलाई डोरी बाधेर तानेको महशुस गरिरहँदा जेसीबीका चालकले पनि उनलाई आफ्नो जेसीबी उनैले तानेको अनुभव पर्ने गरी सुस्तरी जेसीबी चलाउँछन् । तर यो कुरा ती बालिकाले भने थाहा पाउँदिनन् ।

भिडियो हेर्नुहोस्

That’s a superb way to build your kid’s self-confidence. But if any of you out there try it with our toy mahindra tractor PLEASE remember to be as careful as this parent was!! pic.twitter.com/7K3vcSgxbo

— anand mahindra (@anandmahindra) December 12, 2021


यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ । यो भिडियो चर्चामा आउनुमा भारतीय वरिष्ठ उद्योगपति आनन्द महिन्द्राको पनि हात छ । उनले आफ्नो अफिसियल ट्विटर अकाउन्टमा यो भिडियो शेयर गरेपछि भिडियो भाइरल बनेको छ ।