समाचार

आज १० हजार २५८ संक्रमित थपिए

By खबरहब

January 18, 2022

काठमाडौँ– नेपालमा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार ८७२ जनाको पीसीआर र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा ५६२ जनाले कोरोनालाई जितेका छन् । सोही अवधिमा एक संक्रमितको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।