समाचार

कोरोनाको भयावह अवस्था : परीक्षण गरेकामध्ये आधामा संक्रमण

By खबरहब

January 18, 2022

काठमाडौँ- नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको अवस्था भयावह अवस्थामा पुगेको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार कोरोनाको परीक्षण गरेकामध्ये झण्डै आधामा संक्रमण पुष्टि भएको हो ।

कूल २२ हजार ८३८ जनाको नमुना परिक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको छ ।

१७ हजार ८७२ जनाको आरटी–पीसीआर तथा ४ हजार ९५६ जनाको एन्टिजेन परिक्षण गर्दा पीसीआर विधिबाट ८ हजार ७३० जना तथा एन्टिजेन विधिबाट १ हजार ५२८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो तथ्यांकअनुसार संक्रमणदर समग्रमा ४४.९ प्रतिशत पुगेको छ । यसमध्ये पीसीआर विधिबाट संक्रमण दर ४८.८ प्रतिशत रहेको छ भने एन्टिजेन विधिबाट ४४.९ प्रतिशत रहेको छ ।

पुसको १९ गते संक्रमण दर समग्रमा २.६ प्रतिशत रहेकोमा १५ दिनको अन्तरालमा संक्रमण दर रेकर्ड स्तरमा वृद्धि भएको हो ।