सांकेतिक तस्बिर

समाचार

१७९ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

January 18, 2022

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७९ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर १५१ कोरोना संक्रमितको आईसीयूमा र २८ को भेन्टिलेटरमा गरी कुल १६५ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी मधेश प्रदेशमा ३ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ९७ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा ११ जना आईसीयूमा, लुम्बिनी प्रदेशमा १३ जना आईसीयूमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा १ जना आईसीयूमा र सुदुरपश्चिममा ३ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।