टिप्स

पुरुषले कपाल झर्ने समस्या रोक्न के गर्ने ?

By खबरहब

February 18, 2022

अहिलेको समयमा पुरुषको कपाल झर्नु आम समस्या बनेको छ । ५० वर्ष माथिका पुरुषमा कपाल झरेर पातलिने समस्या हुन्छ । तर अचेल युवावस्थामै कपाल झर्ने समस्या देखिन थालेको छ ।

टोपी लगाउँदा, धेरै कपाल कोर्दा, थरीथरीका स्टाइल बनाउँदा कपाल झर्ने गर्छ भन्ने धेरैमा भ्रम छ । तर कपाल झर्नुमा खानपान, मिनिरलको कमी, औषधि, तनाव, प्रदूषण, वंशाणुगत समस्या आदि कारण हुन्छ।

कसरी रोक्ने कपाल झर्ने समस्या ?

– पानी पर्याप्त मात्रामा पिउने ।

– मद्यपान तथा धूम्रपानको सेवन कम गर्ने ।

– बेला बेलामा कपालको मसाज गर्ने ।

– प्रशस्त मात्रामा आइरन, भिटामिन बी कम्प्लेक्स तथा प्रोटिन र भिटामिन डी खाने।

– नियमित सन्तुलित भोजन खाने ।

– खानामा प्रोटिन, फाइबर, फलफूल बढाउने।

– तनाव नलिन ध्यान गर्ने ।

– कपालमा कलर गर्ने र केमिकल ट्रिटमेन्ट नगर्ने ।

– नियमित शारीरिक व्यायाम गर्ने ।