समाचार

इतिहासमा आज : १८ फेब्रुअरीमा भएका केही विश्व घटनाक्रम

By खबरहब

February 18, 2022

आज सन् २०२२ को १८ फेब्रुअरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

चर्च अफ साइनटोलोजी स्थापना

सन् १९५४ मा पहिलो पहिलो चर्च अफ साइनटोलोजी स्थापना भएको थियो ।  स्थापनाकालदेखि नै विवादित यस संस्थामा हजारौँ सदस्यहरू छन् ।

प्लुटो फेला

सन् १९३० मा प्लुटो फेला परेको थियो । क्लाइड डब्लू टोम्बागले एक महिना अघि खिचेका तस्बिरहरूका आधारमा सबैभन्दा सानो ग्रह पत्ता लागेको थियो ।

जेफर्सन डेभिसको शपथ

सन् १८६१ को १८ फेब्रुअरीमा जेफर्सन डेभिसले संयुक्त राज्य अमेरिकाको अस्थायी राष्ट्रपतिको रुपमा शपथ लिएका थिए ।