रोचक/विचित्र संसार

७ वर्षकी विश्व चर्चित युट्युबरले कमाइन् साढे ३ अर्ब

By खबरहब

February 18, 2022

सामान्यता ७ वर्षका बालबालिकाले ठुलो परिचय बनाउन सकेका हुँदैनन् ।

यो उमेरका बालबालिकामा सामान्यता कुनै काम, शिक्षा वा विशेष प्रतिभा नहुँदा उनीहरू चर्चामा आउँदैनन् । तर रुसी सोसल मिडिया स्टार अनास्तासिया रेडजिस्काया भने केवल ७ वर्षको उमेरमै इन्टरनेटमा छाएकी छन् ।

अनास्तासिया सोसल मीडियाकै माध्यमबाट साढे तीन करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको धनी बनेकी छन् । अनास्तासियाले ७ वर्षको उमेरमा ‘द बिगेस्ट किड युट्युबर इन द वल्र्ड’ को उपाधि समेत पाएकी छन् । उनले अघिल्लो वर्ष मात्र ३ करोड ६० लाख रुपैयाँ कमाएकी थिइन् ।

अनास्तासिया आफ्नो विलासी छुट्टीलाई युट्युबमा कन्टेन्ट बनाउँछिन् । यसलाई उनी युट्युब र इन्स्टाग्राम जस्ता सोसल मिडियामा अपलोड गर्छिन् । उनका करोडौँ फलोअर्स उनको विषयवस्तु मन पराउँछन् र यसैबाट अनास्तासियाले मोटो रकम कमाई गर्छिन् ।

सन् २०१४ मा जन्मिए लगत्तै अनास्तासियामा सेरेबरल पाल्स नामक स्नायु सम्बन्धी समस्या भयो ।  यसपछि उनका बुवा आमा अन्ना र सर्गेईले आफ्नो जागिर छोडे र छोरीका लागि युट्युब च्यानल ‘लाइक नास्त्या’ सुरु गरे ।

सुरुमा च्यानललाई अनास्तासियाका लागि एक एजुकेशनल प्रोजेक्टको रुपमा काम गरिएको थियो तर केही वर्षभित्रै उनले ठुलो रकम आम्दानी गरिन् । गत वर्ष अनास्तासिया युट्युबमा सबैभन्दा धेरै पैसा कमाउने कन्टेन्ट क्रियटर्सको शीर्ष १० को सूचीमा  छैटौँ स्थानमा पुगिन् ।

४ वर्ष अघि अपलोड गरिएको एउटा भिडियोलाई त ९० करोड १ लाख भन्दा धेरै भ्यूज पाएको छ । लाइक नात्स्या युट्युब अकाउन्टमा लगभग ८ करोड ७० लाख सब्सक्राइबर्स छन् । अनास्तासियाको यो सफलताको पछाडि उनको अभिभावकको ठूलो योगदान छ ।