टिप्स

अत्यधिक नुन सेवनले शरीरमा कस्तो असर पार्छ ?

By खबरहब

February 18, 2022

नेपाली भान्सामा नुन विना खानाको कल्पना गर्न सकिँदैन । नुनले खानाको स्वाद बढाउने गर्दछ । तर उचित मात्रामा नुनको प्रयोग गरिएन भने यसले हानी पनि गर्न सक्छ ।

नुनमा ४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड पाइन्छ । यस्तोमा नुनको अत्यधिक प्रयोगले रक्तचाप तथा मुटुका समस्या निम्तिन सक्छ। त्यसैले दैनिक ५ ग्राम नुन खानु उपयुक्त हुने विश्व स्वास्थ्य संगठनको सिफारिस छ ।

बजारका खाना, बेकरी आइटम, अचार, चट्नी, सस ,पापड, चिसो पेय पदार्थ र डिब्बामा बन्द गरिएका खानेकुरामा नुनको मात्रा अत्यधिक नै हुन्छ । अत्यधिक नुन सेवनले रक्तचाप बढाउन सक्छ । यस्तै नुनको अधिक प्रयोगले मुटुका समस्याहरू पनि निम्त्याउन सक्छ ।