मुख्य समाचार

सत्ता गठबन्धनको बैठक बिहान १० बजे, एमसीसीबारे निर्णायक वार्ता गर्दै

By खबरहब

February 18, 2022

काठमाडौँ – सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ ।

अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता संसदमा पेश गरेर अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो ।

कांगेसले एमसीसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विपक्षमा उभिएपछि यसअघि संसदमा टेबल गर्ने भनिएको तयारी केही दिन पछि धकेलिएको थियो।

१६ फागुनभित्र एमसीसी संसदबाट पारित गरिसक्नुपर्ने अन्तिम समयसीमा भएकाले  प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन्।

प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।