शिक्षा

शिक्षा पत्रकार समूहको अध्यक्षमा मल्ल, सचिवमा विश्वकर्मा

By खबरहब

February 18, 2022

काठमाडौँ : शिक्षा पत्रकार समूहको नयाँ अध्यक्षमा कृष्ण मल्ल चयन भएका छन् । काठमाडौंमा बिहीबार सम्पन्न समूहको ११ औं अधिवेशनबाट अध्यक्ष मल्लको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

यस्तै वरिष्ठ उपाध्यक्ष निर्जला कक्षपति, उपाध्यक्षमा जनक नेपाल, महासचिवमा रोशन क्षेत्री गाउँले, सचिवमा विष्णु विवेक विश्वकर्मा, कोषाध्यक्षमा ममता थापा चयन भएका छन् । यस्तै सदस्यमा हरि थापा, नवराज चालिसे, सबिना बानियाँ, राजकुमार बराल, राधा खनाल, दीपेन्द्रप्रसाद सिंह र अनिता श्रेष्ठ चयन भएका समूहले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

शिक्षाका मुद्दामा लेख्ने पत्रकारको पहिलो व्यवसायिक संगठनका रुपमा शिक्षा पत्रकार समूह २२ वर्ष अगाडी स्थापना भएको संस्था हो ।