सांकेतिक तस्बिर

समाचार

ढुंगेअड्डामा भेटिएको विष्फोटक पदार्थ डिस्पोजल

By खबरहब

February 18, 2022

काठमाडौँ – राजधानीको ढुंगेअड्डामा भेटिएको विष्फोटक पदार्थ डिस्पोजल गरिएको छ।

सडक पेटीमा तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएका थिए ।

ती वस्तुको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार कालिका पेट्रोल पम्प नजिक शंकास्पद वस्तु भेटिएको थियो ।