खेलकुद

आजबाट भक्तपुर कप फुटबल प्रतियोगिता

By खबरहब

February 18, 2022

भक्तपुर–युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि भक्तपुर कप फुटबल प्रतियोगिता सुरु हुँंदैछ । प्रतियोगिताको उदघाटन दिउँंसो १ बजे हुनेछ । पहिलो खेल भने दिउँंसो २ बजे गर्ने आयोजकले जनाएको छ ।

उदघाटन खेल आयोजक युवा टिम भक्तपुर र नमस्ते बनेपा फुटबल क्लब बनेपाबीच हुने छ । प्रतियोगिता स्थानीय महेश्वरी खेल मैदानमा हुनेछ । आयोजक युवा टिमका अध्यक्ष केशव त्वानाबासुुले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताए ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । पहिलो हुने टिमलाई नगद एक लाख १५ हजार र दोस्रो हुने टिमलाई नगद ५५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था छ ।

साथै, प्रतियोगितामा उत्कृष्ट खेलाडी, अग्रखेलाडी, मिडफिल्डर, डिफेन्डर, गोलकिपर, कोचलाई पनि अवार्ड दिने योजना छ ।

प्रतियोगितामा काठमाडौ, भक्तपुर, लतिलपुर, काभ्रेलगायतबाट १६ वटा टिमले सहभागिता जनाएका छन् । शनिबार तीनवटा खेल हुनेछ ।