फाइल फोटो

समाचार

काँग्रेस महामन्त्री थापा भन्छन्–एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्छ

By खबरहब

February 18, 2022

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तारुढ पाँच दलबीच कुरा कुरा नमिले गठबन्धन यथावत रहने सम्भावना टर्ने बताएका छ्न । संसद भवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले एमसीसीमा कुरा नमिले गठबन्धन भत्कने चेतावनी दिएका छन् ।

उनले आफूहरुसँग कुरा मिलेर सँगै हिँड्न तयार भएपछि गठबन्धन बनेको स्मरण गर्दै कुरा नमिल्ने र सँगै हिँड्न सक्ने अवस्था नआएको खण्डमा गठबन्धन पनि नरहने बताए । उनले एमसीसीबारे अब ‘वार कि पार’ हुनुपर्ने बताउँदै सत्तारुढ गठबन्धनका केही दलले कांग्रेससँग छलछामको व्यवहार गरेको आरोप लगाए ।

उनले गठबन्धनको विकल्पको कुरा नगरेको उल्लेख गर्दै अहिलेकै गठबन्धन सरकारले संसदमा एमसीसी लागेर अन्य दलहरुले आफ्नो स्ट्याण्ड देखाउनुपर्ने उल्लेख गरे । संसद सुचारु गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षीसँग पनि छलफल थालेको बताउँदै फागुन ८ गतेको गठबन्धन बैठकसम्म निष्कर्ष निस्कने जनाए ।