मुख्य समाचार

ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश, पार्टी प्रवक्ता बनाइयो

By खबरहब

February 18, 2022

काठमाडौँ– युवा अभियन्ता ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्तामा मनोनित भएका छन् ।

शुक्रबार राप्रपामा प्रवेश गरेका शाहीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य बनाउँदै प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । यसअघि, मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुनसुन्दर लावती र गोपाल दाहाल प्रवक्ता भइसकेका छन् । त्यस्तै, तीन जना सहप्रवक्ता छन् ।