फाइल फोटो

काठमाडौँ उपत्यकामा ८९ कोरोना संक्रमित थपिए

By खबरहब

February 18, 2022

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ६८ जना, भक्तपुरमा २ जना र ललितपुरमा १९ जना कोरोना संक्रमित थपिएका हुन् ।

९ हजार ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ४३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ५ हजार १३३ जनाको पीसीआर र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पीसीआर परीक्षणबाट २७५ र एन्टिजेन परीक्षणबाट १६२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा २ हजार ४५४ जनाले कोरोनालाई जितेका छन् ।

आज थप २ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९१३ पुगेको छ । अहिले देशभर १४ हजार ४३५ जना सक्रिय संक्रमित छन्।