प्रतिकात्मक तस्वीर

समाचार

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

By खबरहब

February 18, 2022

नवलपरासी– पश्चिम नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

शुक्रबार रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा मोटरसाइकलको ठक्करबाट ६ वर्षीय निमराज चौधरीको मृत्यु भएको हो । लु. १९ प १८७१ नम्बरको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० का २७ वर्षीय नरेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।