सांकेतिक तस्वीर

देश/प्रदेश

प्रजातन्त्र दिवसको अवसरमा ५०१ को कैद मिनाहा

By खबरहब

February 18, 2022

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी छन् ।

नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, सर्वोच्च अदालतको परामादेशको आदेश, मुलुकी अपराध संहिता, २०७४, बालबालिकासम्बन्धी ऐन, २०७५ र फौजदारी कसूर ‘कैद कट्टा’ (पहिलो संशोधन नियमावली, २०७६) अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बाँकी कैद मिनाहा गरेकी हुन् ।