सांकेतिक तस्बिर

समाचार

पर्सामा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन जना घाइते

By खबरहब

February 18, 2022

पर्सा– पर्साको सखुवाप्रसौनीमा ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

शुक्रबार सखुवाप्रसौनी गाउँपालिका–६ लखनपुरस्थित हुलाकी सडकखण्डमा ना. ७ त ५३७८ नम्बरको ट्रयाक्टरले चिया पसलमा चिया खाइरहेका व्यक्तिहरूलाई ठक्कर दिएको हो । मृत्यु हुनेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३५ वर्षीय राजेश राउत कम्कर रहेका छन् ।

घाइते हुनेमा पसलका साहु सकलदेव राउत कम्कर, रञ्जन साह तेली र मकवानपुर हेटौँडाका रामकुमार तामाङ रहेका छन् । तीनै जनाको नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । ट्रयाक्टर चालक फरार छन् ।