अपराध

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

By खबरहब

February 18, 2022

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रमेशबहादुर पाठक पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले पाठकलाई शुक्रबार सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।

प्रहरी टोलीले आजै उनलाई काठमाडौँ जिल्ला अदालत पेश गरेको छ ।

धादिङ चैनपुर घरभइ हाल काठमाडौँ बसोबास गर्दै आएका पाठकलाई उच्च अदालत पाटनको गत मंसिर २१ गतेको फैसलाले बैंकिङ कसुरमा सात लाख जरिवाना तोकेको थियो ।