अपराध

चक्कु प्रहार गर्ने एक व्यक्ति पक्राउ

By खबरहब

February 18, 2022

काठमाडौँ– काठमाडौँको बुढानीलकण्ठमा विद्यालयका सुरक्षा गार्डमाथि चक्कु प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।

बुढानीलकण्ठ नगरपालिका–५ विष्णुमति डेरा गरी बस्ने १९ वर्षीय निमा लामालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

विद्यालय हातामा अमर्यादित क्रियाकलापमा संलग्न रहेको लामाले बुढानीलकण्ठ नगरपालिका–३ घर भई बुढानीलकण्ठ माध्यमिक विद्यालयमा कार्यरत सुरक्षा गार्ड रेशमबहादुर नेपालीमाथि चक्कु प्रहार गरेका थिए ।

नेपालीको तिघ्रा, पेट, ढाडलगायत शरीरका भागमा चक्कु प्रहार भएको छ । उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।