सांकेतिक तस्बिर

अपराध

सप्तरीमा भन्सार छली गर्ने १६ जना पक्राउ

By खबरहब

February 18, 2022

सप्तरी– सप्तरी प्रहरीले ७ महिनाभित्र भन्सार छली गर्ने १६ जनालाई पक्राउ गरेको छ ।

श्रावणदेखि अहिलेसम्म १ करोड १४ लाख ६४ हजार ६९ हजार बराबरको चोरी निकासी तथा पैठारीका अवैध सामानसहित १६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

बरामद् गरेको सामानसहित पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठीको जिम्मा लगाएको प्रवक्ता काफ्लेले जनाए ।