अन्तर्राष्ट्रिय

श्रम बजारमा कोरोना असर : एसियामा गरिबी चरम तहमा पुग्यो

By खबरहब

March 18, 2022

एजेन्सी – कोरोना महामारीले श्रम बजारमा असर गरेको छ। महामारीपछि भएको एक अध्ययनले क्षिणपूर्वी एसिया क्षेत्रमा गरिबी चरम तहमा पुगेको देखाएको हो।

विगत दुई वर्षमा कोरोना महामारीका कारण विश्व अर्थतन्त्र समस्यामा परेको थियो। गत वर्ष कोरोना महामारीले दक्षिणपूर्वी एसियामा ४७ लाख मानिसलाई गरिबीमा धकेलेको एसियाली विकास बैंकले जनाएको छ।

बैंकका अनुसार दैनिक १ दशमलव ९० डलर भन्दा कममा जीवन यापन गर्नेहरुलाई चरम गरिबी मानिएको छ। यो क्षेत्रमा ९३ लाखको रोजगारीसमेत गुमाएका छन्।