काठमाण्डौँको कपनमा ताप्लेजुङका संगम शेर्पाको कृषि फार्म छ । जुन सामान्य लागेपनि एउटा असामान्य कृषि कर्म हो । कपनको आकाशेधारामा नमुना प्राङ्गारिक अर्गानिक फार्म सञ्चालन गरेका उनी कृषिलाई पर्यटनसँग जोड्ने रुचि भएका व्यक्तित्व पनि हुन् । कृषि उत्पादनसँगै क्याफे, रेष्टुरेन्ट लगायतका उद्यमशील कर्ममा पनि जोडिएका संगम आधुनिक बजारियालाई आफ्नो नमूना कामबाट निरन्तर सेवा र प्रेरणा दिइरहन्छन् । स्वदेशकै कृषि कर्मले विदेशी मोह समेत त्याग्ने बानी लागेका संगमको कृषि फार्म र उद्यममा विदेशी पर्यटकसमेत जोडिन आइपुग्छन् । उनलाई त्यसैले स्वर्गीय आनन्द दिन्छ । प्रकृतिपुजक बनाइरहेको छ । अनि सहरियालाई आवश्यक खाद्य र आधुनिक परिकार पस्किन पनि सहयोग गरिरहेको छ । उनको आधुनिक शैलीमा अर्गानिक कृषि कर्म सिक्न विदेशबाट समेत विद्यार्थी आउने गरेका छन् । व्यवसायी शेर्पाको कृषि कर्म, संघर्ष, पर्यटन प्रवद्र्धन, सम्भावना र सफलताबारे खबरहबका लागि विद्या लामाले गरेको कुराकानीको सम्पादित अंशः
कृषि फार्मबाट व्यवसाय सुरु गर्ने प्रेरणा र योजना के थियो ?
ताप्लेजुङको गाउँमा जन्मेर सानो अवसरको खोजीमा काठमाडौँमा आइपुगेपछि पर्यटनमा काम गर्न लागे । पर्यटन क्षेत्रमै लामो समयसम्म काम गरी सकेपछि नेपालको रमणीय गन्तव्यहरु छन् । जहाँ बाह्य तथा आन्तरिक पर्यटनलाई सो गन्तव्यमा पुगेपछि स्थानीय कृषकले उत्पादन गरेका चिज केही उपभोग नगरेको देखियो । यस्तै गाम्रीण भेगका जनताको नाजुक अवस्था देख्दा केही गरौँ भन्ने लाग्यो । प्राकृतिक रुपमा अथाह झरना खोला हिमाल हुदाँहुदै पनि स्थानीयले उत्पादन गरेका वस्तु पर्यटकले उपभोग नगरेको देख्दा अब आफैँले केही नयाँ आयाम थपेर काम गर्नुपर्छ भन्ने लाग्यो । फेरि मैले नगरे कसले गर्छ भन्ने भावना पनि जागृत भयो । जसका कारण विदेशीने ट्रेन चलिरहँदा अमेरिका जाने प्रस्तावलाई पनि अस्विकार गर्दै यही पेशामा फार्म स्टेयका रुपमा सञ्चालन गर्छु भन्ने अठोट लिए । पर्यटक नेपालमा आउँदा युरोपकै खाना खाने होइन । पिज्जा बर्गर लगायतका खान पाउने हुन्छ । तर उनीहरुको खोजी नेपालकै हुन्छ । त्यसमा पनि नेपाली परिकार सोही ठाउँमा बसेर उपभोग गर्न नपाउने देखे । जसले गर्दा फार्म स्टेयको अवधारणा अपनाउँदै यो व्यवसायमा आबद्ध भएको हुँ ।
अर्गानिक कृषि फार्म चलाउने सोच र लगानी जुुटाउन कत्तिको सहज भयो ?
मेरो परिप्रेक्ष्यमा चाही अप्ठ्यारो भयो । नितान्त फरक क्षेत्र थियो । जसले गर्दा सबैले विश्वास गरी हाल्ने अवस्था थिएन भने अर्कोतिर जोखिम पनि उत्तिकै थियो । अर्कोतिर कृषि क्षेत्रमा लगानी गर्नु त झन ठुलो खतरा मोल्नु थियो ।
तथापी प्राङ्गारिक कृषि अवधारणालाई आत्मसात गरिसकेपछि अब व्यावहारिक रुपमा कागजमात्रै सीमित नराखी यसलाई मैलै अगाडि बढाएपछि हुन्छ भन्ने हिसाबले लागि परे । लगानीको हकमा परिवारको लागि सानो घर बनाउँन जोहो गरेको रकम तथा बैकंबाट क्रण लिएर यो ११/१२ वर्ष अगाडि यो व्यवसाय सुरु गरेको हुँ ।
सबै आफैँले थाल्नुभयो कि कोही अरुसँग पनि सहकार्य गर्दै अगाडि बढ्नु भयो ?
आफैँले नितान्त नौलौँ सोच बनाएर जग्गा भाडामा लिएर त्यहाँ वरीपरीको जगंल फाड्ने खन्ने र गोड्ने काम गर्यौ । त्यसपछि टनेल बनाउने भनौँ । काठमाडाँैमा पहिलो पटक टनेल बनाउनेमा म नै हुँ जस्तो लाग्छ । तरकारी खेतीको लागि टनेल बनाए । तर त्यो खेर गयो । कतिपय खेती धेरै पटक लगाउँदा पनि नाफा भएन । जसले गर्दा धेरै मात्रामा घाटा व्यहोर्नु परेको थियो ।
त्यस्तो कठिन परिस्थितीमा पनि कसरी अगाडि बढ्नुभयो ?
केही हदसम्म निरुसाहित भएपनि मैले एक दुई वर्षको लागि गरेको थिइन । अबको मेरो समय यही पेशालाई अगाडि बढाउने हिसाबले लागेको थिए । मैले अठोट गरेको थिए । मैले निकालेको नयाँ अवधारणामा लाग्न नेपाल सरकार लगायत सबैलाई लाग्न प्रेरित गराउँछु भन्ने सोच बनाएको थिए । यो सफल पारेर देखाउनु मेरो जिम्मेवारी हो भन्ने सोचेको थिएँ ।
आर्थिक तथा सामाजिक रुपमा धेरै चुनौतीहरु आएको थियो । मेरी जीवन सगिंनीले पनि हैन । हामी किन यसरी लागिरहेको भन्ने प्रश्न बेला बेलामा गर्थिन् । त्यति हुदाँ हुदैँ उसको धैर्यता लगनशिलताले गर्दा आज तपाइहरु सामु बोल्न पाइरहेको छु ।
कृषि फार्मसँगै रेष्टुरेन्ट, फार्म स्टेय पनि सञ्चालन गर्ने सोच चाँही कसरी बन्यो ?
मेरो अवधारण अनुसार यो फार्म स्टेय हो । जहाँ त्यही उत्पादन गरेका वस्तुलाई प्लेटमा पस्किन्छौँ । मेरोमा मैले लोकल कुखुरा टर्की खसी साथै गाई पनि पालेको छु । त्यस्तै सागसब्जी, धान लयायतका मौसम अनुसारमा हामी फलाउँछौँ, जसले गर्दा त्यहाँ आउने पाहुनाले पारिवारिक वातावरणमा हामीले उत्पादन गरेको कृषि उब्जाउ लिन पाउछन् । बेमौसमी परेको बेला चाही हामी अन्य अर्गानिक फार्मबाट ल्याएर सेवा दिइरेहका छौँ ।
कृषि फार्मसँगै रेष्टुरेन्टमा आकर्षण र व्यवस्थापन गर्न कत्तिको चुनौति छ ?
कहिलेकाँही त दिमागले काम नै गर्दैँन । एउटा सेक्टरको कामदारहरु नआउँदा सबै तिर आफुले मात्र हेर्न कठिन हुन्छ । हामी दुवै जना दम्पत्ति एउटै क्षेत्रमा लागिरहेको भएर सबै काममा निपूर्ण भएर अग्रसर हुन्छौँ । हामी पशुपंक्षी स्याहार्न घासँ काट्न कृषिको गोडमेल गर्न कुकिङ गर्न सकेसम्म आफैँ लाग्ने गछौँ । जसले गर्दा अप्ठ्यारोमा पनि सहज नै देख्छु । तर आज यो अवधारण लिएर आउने नयाँ साथीहरु चाहि लगानी भएपछि आफुले किन सबै काम गर्ने भन्ने परिपार्टीको विकास भएको देख्छु । जुन गलत जस्तो लाग्छ ।
तपाई आफैँले त्यो कुराको अनुभव गरेपछि मात्र दक्षता हासिल गर्न सक्नुहुन्छ जस्तो लाग्छ । आज जति पनि युवा पिढी छन् । थोरै ज्यालामा काम नगर्ने घरमै बस्न चाँही रुचाउने गर्दछन् । सानो ठुलो जे भएपनि काम भनेको काम हुन्छ । त्यसले तपाइलाई दक्ष बन्न सिकाँउछ । पठाइसँगसँगै आफनो अनुभवमा पनि निखारता आउन जरुरी छ, जस्तो लाग्छ । अझ कृषि पेशामा त कोही युवा आउन नै चाहदैनन् । यो पनि गर्ने काम हो भनेको सुन्दा मन खिन्न हुन्छ ।
नेपालको कृषि पेशालाई आधुकीकरण गर्न के-को आवश्यकता देख्नुहुन्छ ?
नेपालमा आधुनिकीकरणको नाममा ठुलो क्रान्ति चाहिएको छैन । अहिले जुन युरिया मलको प्रयोग बढ्दो छ । जुन विकृतिको रुपमा देखिन्छ । यसलाई त्याग्नु पर्ने देखिन्छ । आधुकिकीकरणको नाममा खेत जोत्नको लागि हल गोरु छोड्ने हैन । टाडी खेत छ । ट्रयाक्टर लानुस । छैन भने पनि पाँच घर बराबर एक हल गोरु राख्नुस् । यस्तै बिउमा सरंक्षण गर्न सक्नुपथ्र्यो । यस्तै मौसम र आफनो गाउँको हावापानी अनुसारको कृषि उत्पादनमा पनि जोड दिनुपर्छ ।
विगत र आजको अवस्थालाई फर्केर हेर्दा कत्तिको फरक पाउनुहुन्छ ?
अवश्य नै विगतलाई फर्केर हेर्दा मजा त लाग्छ । तर त्यत्ति सुखद त थिएन । धेरै क्षेत्रमा काम गरियो । तर विगत ११ वर्षदेखि दृढ सकंल्प लिएर प्राङ्गारिक कृषि अवधारणा अन्र्तगत काम गर्दै आए । अस्ति असारमा इन्डोनेसियामा प्राङगारिक कृषि विकास अवधारणालाई प्रस्तुत गर्ने अवसर पनि पाँए । सो क्रममा मलाई मानार्थ डाक्टर उपाधि दिएर सम्मान गरियो । १० जनादेखि १२ जनासम्मलाई रोजगारीको अवसर दिन सकेको छु । यो नै सपफलता जस्तो लाग्छ । विभिन्न व्यक्ति मेरो फार्म स्टेयमा आएर उहाँहरुले सोचेको भन्दा फरक कुरा पाएर जानुहुन्छ ।
त्यसले पनि खुसी लाग्छ । विभिन्न विद्यालयबाट विद्यार्थी भाइबहिनीहरु पनि फार्म भ्रमणका लागि आउनुँहुन्छ । पारिवारिक दायित्व सँगसँगै लागेको छु । तपाईहरुसगँ जोडिन पाएको छु । यो नै ठुलो उपलब्धी लाग्छ मलाई । सम्रगमा आफनो पेशामा सन्तृष्ट छु ।
लाखौँ नेपाली युवा देशमा रोजगारी छैन भन्दै विदेशिने क्रम बढ्दो छ । उहाँहरुलाई के भन्न चाहनुहुन्छ ?
म चाँही के भन्न चाहान्छु भने पसिना आफनै देशमा बगाऊ । मेरो परिप्रेक्ष भन्ने हो भने अमेरिकाको स्थायी भिसा त्यागेर नेपालमै केही गर्छु भन्ने अठोट लिएर बसेको हुँ । ठूलै लगानीको आवश्यकता पर्दैन । विदेशिन जाने क्रणले आफैँ केही गर्नुस् । सकेसम्म यही परिश्रम गर्नुस् भन्न चाहन्छु । जति पैसा लगानी गर्न सक्नु हुन्छ । आफनो घर आगँन सफा गरेर दुई चार जना बस्ने वातावरण बनाउनुहोस् । आफ्नैमा उत्पादन हुने उपजलाई पाहुनालाई पस्किने गर्नुुस् । जसले गर्दा पर्यटकले स्थानीय स्वाद पनि पाउँछन् । कृषि क्षेत्र पनि विस्तारै महत्वपूर्ण क्षेत्रका रुपमा विकास हुन आवश्यक छ । समग्र जीवनस्तर सुधार्न पनि टेवा पुग्छ । आफनै परिवारसँग बसेर यो पेशा अपनाउन सक्नुहुन्छ ।