समाचार

३० जना युवायुवतीलाई प्लम्बिङ तालिम

By खबरहब

March 18, 2022

लमजुङ – लमजुङको राईनासमा प्लम्बिङ तालिम सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघ महिला विकास समितीको आयोजना एवं ग्रामीण तालिम विकास केन्द्र सिटिईभिटीको सहयोगमा प्लम्बिङसम्बन्धी ३ सय ९० घण्टाको तालिम सुरु भएको हो ।

नगरपालिका भित्रका युवायुवतीलाई व्यवसायिक सिप सिकाएर गाउँठाउँमै स्वरोजगारको अवसर सिर्जना गर्ने नगरपालिकाको उद्देश्य रहेको राइनास नगरपालिकाकी उपमेयर धनकुमारी गुरुङले बताइन् । लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष गुणराज सिलवालले व्यवसायीको आवश्यकता र माग बमोजिम विभिन्न विधाका तालिम आयोजना गर्दै आएको बताए ।

तालिममा राईनास नगरपालिका अन्तर्गतका ३० जनाको सहभागिता रहेको छ । तालिममा अधिकांश महिलाको सहभागिता छ । प्लम्बिङको काम प्राय पुरुषले गर्ने तथा गर्दै आएको भए पनि महिलाले पनि पुरुष सरहका काम गर्न सक्छन् भन्ने सन्देश दिन महिला सहभागिता बढी गराइएको लमजुङ उद्योग बाणिज्य संघ महिला विकास समितीका सचिव स्वस्तिका चिलवालले बताइन् ।