समाचार

नवनिर्मित २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति उद्‍घाटन

By खबरहब

March 18, 2022

रसुवा – रसुवाको सदरमुकाम धुन्चेमा निर्माण गरिएको २७ फिट अग्लो गुरु रेन्पोर्छेको मूर्ति बिहीबार उद्‍घाटन गरिएको छ ।

जिल्लाको पाँच वटा गाउँपालिकामा रहेका २७ वटा वडाको चिनारी स्वरूप २७ फिट अग्लो मूर्ति निर्माण गरिएको हो ।

नवनिर्मित मूर्तिको गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, वडाध्यक्ष दावासिदार वाइबा, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ तथा लामा गुरुले संयुक्त रूपमा उद्‍घाटन गरेका हुन् ।

जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-६, धुन्चेको पुन्हुमा समाजसेवी स्वर्गीय कारसिंगी तितुङ झाँक्रीले गाउँघरमा आइपर्ने विभिन्न बाधा अड्चनलाई साम्य पार्ने हेतुले यसको हुसुङ गोम्बो (छ्योर्तेन) निर्माण गरिएको थियो ।

उक्त हुसुङ गोम्बो २०७२ सालमा आएको विनासकारी भूकम्पले पूर्ण क्षति भएको थियो ।