समाचार

निर्वाचन आचारसंहिता संविधानसँग बाझियो : नगरपालिका महासंघ उपाध्यक्ष

By खबरहब

March 18, 2022

काठमाडौँ – नगरपालिका संघका उपाध्यक्ष कविता ढुंगानाले निर्वाचन आचारसंहिता संविधानसँग बाझिएको बताएकी छन् ।

१५ चैतदेखि लागू हुने गरी जारी भएको आचारसंहितामा स्थानीय तहका जनप्रतिनिधिले आगामी निर्वाचनमा चुनावमा उम्मेदवारी अघि राजीनामा दिनुपर्ने व्यवस्था कायम गरिएपछि नुवाकोटको बेलकोटगढी नगरपालिका उपमेयरसमेत रहेकी ढुंगानाले आपत्ति जनाएकी हुन् ।

उनले भनिन्, ‘बहालवाला जनप्रतिनिधि फेरि उम्मेदवारी दिन सक्छन् तर, राजीनामा दिनुपर्ने व्यवस्था कहिँकतै छैन, १ दिन अगाडि राजीनामा दिनु भनेको पनि कानुन विपरीत हुन्छ । संविधानले स्थानीय तहका जनप्रतिनिको कार्यकाल पाँच वर्ष भनेको छ । आचारसंहिता संविधानसँग बाझिएको छ ।’

यसबारे नगरपालिका संघको बैठक बस्ने उनले बताइन् ।