सांकेतिक तस्वीर

समाचार

मोटरसाइकल पछाडि सवार युवा खस्दा एक जनाको मृत्यु

By खबरहब

March 18, 2022

काठमाडौँ – रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ नयाँमिलचोकमा मोटरसाइकलबाट खसेर १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साइकलमा पछाडि सवार तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाका २३ वर्षीय जित बहादुर थापा रहेका छन् ।

घाइते उनको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा गए राती पौने १ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राती १२ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकलबाट थापा खसेका थिए ।

दुर्घटना पश्चात् मोटरसाइकल सहित चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय मंगलापुर रुपन्देहीले जानकारी दिएको छ ।