आर्थिक

सुनको भाउ स्थिर, चाँदीको घट्यो

By खबरहब

March 18, 2022

काठमाडौँ- सुनको भाउ आज (शुक्रबार) स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएको छ ।

यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।