फाइल फोटो

राजनीति

राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु नराम्ररी पराजित हुने छन् : अध्यक्ष लिङ्देन

By खबरहब

March 18, 2022

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले केहि दलका नेताले राजनीतिलाई पेशा व्यवसाय बनाएका कारण यसप्रतिको विश्वास घट्दै गएको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेशा व्यवसाय बनाउनेहरु नराम्ररी पराजित हुने पनि बताए।

उनले अब राजनीतिलाई कमाई खाने भाँडो बनाउनेहरु कांग्रेस, एमाले माओवादीको कित्तामा हुने र देश यथास्थीतिमा राख्नु हुँदैन भन्नेहरु आफ्नो पक्षमा रहने धारणा राखे। त्यस्तै उनले नेपालमा उत्पादन हुने बिजुली बिदेशमा बेच्ने नभई मुलुकमा नै खपत गर्नुपर्ने उल्लेख गरे ।

बिजुलीको अधिकतम प्रयोग गर्न सक्ने मुलुक विकासको बाटोमा अघि बढ्ने र रोजगारी पनि बढ्ने उनको भनाइ छ । उनले मुलुकको हितमा काम गर्न सक्ने राप्रपा बाहिरका व्यक्तिलाई पनि स्थानीय तहको निर्वाचनमा अवसर दिइने बताए।

कार्यक्रममा विभिन्न दलबाट आएका कार्यकर्ताहरुलाई अध्यक्ष लिङ्देनले राप्रपा प्रवेश गराएका थिए ।