समाचार

थप ५१ जनामा कोरोना संक्रमण, मृत्‍यु शून्‍य

By खबरहब

March 18, 2022

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जन संख्या मन्त्रालयका अनुसार २ हजार ५९२ जनाको पीसीआर परीक्षण गर्दा १२ जना र ३ हजार ३२२ जनाको एन्टीजेन परीक्षण गर्दा ३९ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने ३९२ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ३ हजार ९९६ जना सक्रिय संक्रमित छन्।