तस्वीर- गेटी इमेज

अन्तर्राष्ट्रिय

पुटिनको आलोचना गर्ने मोडेलको शव भेटियो

By खबरहब

March 18, 2022

काठमाडौं– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्ने मोडलको शव फेला परेको छ । २३ वर्षे मोडल ग्रेटा वेड्लरको शव सुटकेशभित्र फेला परेको जनाइएको छ ।

गत वर्ष सामाजिक सञ्जालमा पुटिनप्रति आलोचनात्मक टिप्पणी गरेको केही समयलगत्तै देखि उनी हराइरहेकी थिइन् । उनले पुटिनलाई ‘मनोरोगी’ को संज्ञा दिएकी थिइन् ।

राष्ट्रपतिको आलोचना असह्य हुने रुसमा उनी हराएको घटनालाई पुटिनप्रति आलोचनात्मक टिप्पणीसँग जोडेर हेरिएको थियो । यद्यपि उनको मृत्यु र पुटिनको आलोचनाबीच कुनै सम्बन्ध नरहेको यतिबेला खुलासा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनका पूर्व ब्वाईफ्रेन्ड दिमित्री कोरोभिनले अघिल्लो वर्ष नै ‘ईर्ष्याका कारण’ उनको हत्या गरेको स्वीकारेको जनाइएको छ । उनको हत्या गरेपछि पनि कोरोभिनले वेड्लरको सामाजिक सञ्जाल अकाउन्टबाट पोष्ट गर्दै उनी जीवितै रहेको देखाउने प्रयास गरेका थिए ।