सांकेतिक तस्बिर

अपराध

बैंकिङ कसुरका फरार व्यक्ति पक्राउ

By खबरहब

March 18, 2022

काठमाडौँ– बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले टोखा नगरपालिका–१ भत्केकोपुल बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–७ घर भएका ४२ वर्षीय राजेन्द्र विश्वकर्मा छन् । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

२०७८ फागुन १० गते उच्च अदालत पाटनले विश्वकर्मालाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २० लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय ठहर गरेको थियो । अदालतको फैसलासँगै उनी फरार भएका थिए ।

विश्वकर्माले बैंक खातामा पर्याप्त रकम नभए पनि चेक काटेका थिए ।

उनलाई जिल्ला अदालत काठमाडौँमा पेश गरिएको छ ।