तस्वीर- एएफपी ।

अन्तर्राष्ट्रिय

जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न आह्वान

By खबरहब

March 18, 2022

काठमाडौं– युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् ।

‘त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस् ।’ मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन । यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ ।

नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।