फोटो : लाल सिंह चड्डा पोस्टरबाट

बलिउड/हलिउड

डायलग याद गर्ने आमिरको टेक्निक

By खबरहब

March 18, 2022

बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्टनिस्ट पनि भनिन्छ । किनकी उनले अधिकाँस काम पर्फेक्ट नै गर्ने गरेका छन् । पछिल्लो रिलिज फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ मा आफ्नो क्यारेक्टर र फिल्मलाई बचाउन नसके पनि उनको चर्चा घटेको छैन । 

मिस्टर खानले गत दस वर्षमा केवल तिन फिल्ममा आफुलाई सफल बनाउन सकेनन् । ति हुन्, धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान । यिनै आमिर आफ्नो क्यारेक्टरलाई भने निकै ध्यान दिने गर्छन् । आउँदो फिल्म ’लाल सिंह चड्डा’ को रिलिजको तयारीमा व्यस्त रहेका आमिरले उनले आफ्नो भूमिका मात्र होइन डाइलग पनि याद गर्छन्। तर कसरी ?

एक अन्तर्वार्ताको क्रममा उनले यसको रहस्य खोलेका छन् । उनले साइन गरेको फिल्मको स्क्रिप्ट लिन्छन् र त्यसलाई आफैँले अर्को पानामा सार्छन्। उनले आफ्नै हातले अर्को पानामा स्क्रिप्ट सार्ने क्रममा उनलाई आफ्नो सिन मात्र होइन डायलग पनि कण्ठ नै हुन्छ । आफुले यस्तो गर्ने गरेको धेरै वर्ष भैसकेको बताउने आमिर ’लाल सिंह चड्डा’ मार्फत निकै आशावादी छन् । 

हलिउड फिल्म ’फरेस्ट गम्प’ को रिमेक गरेका आमिरले अभिनेता टम ह्यांक्सलाई फिल्म देखाउने तयारी गरिरहेका छन् ।