समाचार

अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा शर्मिला पक्राउ

By खबरहब

March 18, 2022

काठमाडौँ– अभिनेत्री रेखा थापाको चरित्रहत्या गरेको आरोपमा अभियानी शर्मिला वाइवा पक्राउ परेकी छन् ।

अभिनेत्री थापाले साइबर ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले वाइवालाई चितवनको टाँडीबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमा स्टाटस लेखेपछि आफूलाई गाली बेइज्जत गरी चरित्रहत्या गरेको भन्दै थापाले वाइवाविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

बलात्कारको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहबाट पीडित भनिएकी बालिकाको समर्थनमा अभिनेत्री थापाले स्टाटस लेखेकी थिइन् ।

अभिनेता शाहको समर्थक रहेकी वाइवाले थापालाई गाली बेइज्जत गरेको आरोप छ ।