रियल मड्रिड विजयी

By खबरहब

April 18, 2022

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिड विजयी भएको छ।

आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेभियालाई ३-२ अन्तरले पराजित गरेको हो।

सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्य भयो । रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १-१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १-१ गोल गरे ।

जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।