फाइल फोटो

समाचार

पहाडी क्षेत्रमा आज र भोलि क्षणिक वर्षाको सम्भावना

By खबरहब

April 18, 2022

काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पहाडी भूभागमा आंशिक बदली रहनेछ ।

भोलि मंगलबार पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १ को एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।