सांकेतिक तस्बिर

देश/प्रदेश

भारतीय नम्बर प्लेटका मोटरसाइकल ठोक्किँदा नेपाली युवकको मृत्यु, भारतीय युवक घाइते

By खबरहब

April 18, 2022

रौतहट – रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देवाहीगोनाही नगरपालिका-४ ईमलियाटोल र पटेलचौकबीच सडकमा दुईवटा मोटरसाइकल एकआपसमा जुध्दा एक युवकको मृत्यु भएको हो ।

बिआर ०५ एच १६८६ नम्बरको मोटरसाइकल र बिआर ३९एफ ५००३ नम्बरको मोटरसाइकल गए राति १० बजे दुर्घटनामा पर्दा बारा आदर्शकोतवाल गाउँपालिका-४ का २२ वर्षीय कमोद यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय देवाहिगोनाहिका प्रहरी निरीक्षक राजन लम्सालले बताए ।

दुर्घटनामा गम्भीर घाइते भई अचेत भएका यादवलाई उपचारका लागि अस्पताल लगिएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक लम्सालले बताए ।

दुर्घटनामा भारतको बिहारका विकास यादव घाइते भएका छन्। सामान्य घाइते भएका यादवलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको छ । यादव मोटरसाइकलमा सवार थिए । उनी सवार मोटरसाइकलका चालक फरार छन् ।