सांकेतिक तस्बिर

देश/प्रदेश

स्याङ्जा जिप दुर्घटना अपडेट: मृत्यु हुनेको सङ्ख्या छ पुग्यो

By खबरहब

April 18, 2022

वालिङ– स्याङ्जाको वालिङ–१२ डाँडाखर्क फिरफिरेमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।

उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका वालिङ–१२ डाँडाखर्कका ५० वर्षीय अङ्गबहादुर डालाको उपचारका क्रममा आज बिहान गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएसँगै मृतकको सङ्ख्या ६ पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पदमराज थापाले जानकारी दिए ।

अन्य पाँचजनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । दुर्घटनामा परी मृत्यु हुने सबै एउटै गाउँका रहेको बताइएको छ।

वालिङ नगरपालिका–१२ डाँडाखर्कबाट बायँटारी आउँदै गरेको ग१ज ७३९९ नम्बरको जिप आइतबार बिहान फिरफिरेमा दुर्घटनामा परेको थियो । जिप ग्रामीण कच्ची सडकबाट झन्डै दुई सय मिटर तल खसेको थियो ।