फाइल तस्वीर

समाचार

बैतडीमा एसईईका लागि तयारी तीव्र

By खबरहब

April 18, 2022

बैतडी– बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी तीव्र पारिएको छ। वैशाख ९ गतेदेखि सञ्चालन हुने उक्त परीक्षाका लागि तयारी तीव्र पारिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले जनाएको हो ।

इकाई प्रमुख नरेन्द्रप्रसाद अवस्थीका अनुसार परीक्षा सञ्चालनका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएका र ग्रेड वृद्धिका परीक्षार्थीको परीक्षा नियमिततर्फको परीक्षा दिएको विद्यालयमै हुने भएको छ ।

विगतमा छुट्टै परीक्षा केन्द्र निर्धारण गरिए पनि अहिले ग्रेड वृद्धि गर्ने परीक्षार्थीहरुको परीक्षा पनि नियमितको परीक्षा दिएकै विद्यालयमा गर्न केन्द्राध्यक्षहरुलाई नियुक्त गरिसकिएको छ।

परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन नियुक्त केन्द्राध्यक्षका लागि यही वैशाख ६ गते अभिमुखीकरण कार्यक्रम राखिएको जनाइएको छ ।

यस वर्षको एसईई परीक्षामा जिल्लाका पाँच हजार ४३१ विद्यार्थी सहभागी हुने भएकामा नियमिततर्फ पाँच हजार १८१, प्राविधिकतर्फ १८१ र ग्रेड वृद्धि तर्फ ६७ विद्यार्थी सहभागी हुनेछन् । परीक्षा यही वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा हुने भएको छ ।