फोटो : सुरक्षा पन्तको फेसबुकबाट

अवार्ड

सुरक्षा भन्छिन् : ‘सपना पुरा भयो’

By खबरहब

April 18, 2022

काठमाडौँ– विक्रम संवत् २०७६ सालमा प्रदर्शनमा आएको फिल्म ‘आमा’ बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् ।

आफ्नो भूमिकालाई जीवन्त बनाउने सुरक्षाको कामको चर्चा प्रदर्शनको समयमा धेरै फिल्मकर्मीले गरेका थिए । उक्त वर्ष प्रदर्शनमा आएको फिल्ममा ‘आमा’ बलियो भएको धेरैले चर्चा गरिरहेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीबाट अवार्ड ग्रहण गरेकी सुरक्षाले उपस्थित सबैबाट शुभेच्छा पाइन् ।

अवार्ड प्राप्त गरेपछि सुरक्षाले आफूलाई दायित्व बोध भएको बताइन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सुरक्षाले दर्शकको प्रतिक्रियाले नै आफूलाई अवार्ड प्राप्त भइसकेको बताइन् । ‘हरेक कलाकारको सपना हुन्छ, राष्ट्रबाट सम्मानित हुने । आज यो सपना मेरो पनि पुरा भयो’ उनले भनिन् ।

अवार्ड समारोहमा कृपावाद र पूँजीवाद हावी हुने प्रश्नमा सुरक्षाले राष्ट्रिय अवार्ड त्यस्तो नहोस् भन्ने कामना गरिन् । ‘भनसुन त हरेक ठाउँमा हुन्छ जस्तो लाग्छ तर यहाँ त्यस्तो नहोस्’ उनले भनिन् ।