तस्वीर- योन्हाप

अन्तर्राष्ट्रिय

उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत दक्षिण कोरियामा

By रासस

April 18, 2022

काठमाडौं- उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा क्षेप्यास्त्र प्रक्षेपण र आणविक परीक्षणको संकेत दिएपछि वार्ताका लागि उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत सोमबार दक्षिण कोरियाको राजधानी सोल पुगेका छन् ।  उत्तर कोरिया नीतिको विषयमा छलफल गर्न अमेरिकी विशेष प्रतिनिधि सुङ किम सोल पुगेको जनाइएको छ ।

उत्तर कोरियाले यसवर्ष एक दर्जनभन्दा बढी क्षेप्यास्त्र परीक्षणहरु गरेको छ । गत हप्ताको अन्त्यमा भएको क्षेप्यास्त्र परिक्षण सबैभन्दा पछिल्लो र छोटो दूरीको परीक्षण भएको उत्तर कोरियाले दाबी गरेको थियो ।

उनले पाँचदिने भ्रमणका क्रममा दक्षिण कोरियाली समकक्षी नोह क्यु–डुक र अन्य अधिकारीहरूसँग भेटवार्ता गर्नेछन् । सोल र वासिङ्टनले नौ दिने वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेपछि दक्षिण कोरियामा उनको आगमन भएको हो ।

हालैका वर्षहरुमा निवर्तमान राष्ट्रपति मुन जाय–इनले उत्तरसँग आणविक वार्तालाई सहज बनाउने प्रयास गरेपनि उत्तर कोरियाले भने हात बढाएको छैन ।