फोटो : मोभिफाइड

बलिउड/हलिउड

नयाँ पुस्तासँग फिल्म गर्दै जोया

By खबरहब

April 18, 2022

काठमाडौँ– आफू निर्देशित फिल्महरूबाट चर्चामा रहने निर्देशक जोया अख्तरले नयाँ फिल्म सुरु गरेकी छन् ।

उनले नयाँ पुस्तासँग ‘द आर्चिज’ फिल्मको छायांकन सुरु गरेकी हुन् । फिल्ममा शाहरुख खानकी छोरी सुहाना थापा, अमिताभ बच्चनका नाति अगस्त्य नन्दा र श्रीदेवीकी छोरी खुशी कपुरको अभिनय रहनेछ । फिल्मकी निर्मात्री रीमा कागतीले फिल्म छायांकनको पुष्टि सोसल मिडियामार्फत गरेकी छन् ।

गत वर्ष मात्र एक अन्तर्वार्ताको क्रममा निर्देशक जोयाले लोकप्रिय कमिक्स ‘द आर्चिज’ लाई फिल्मको पर्दामा ल्याउने बताएकी थिइन् ।

यतिबेला उनले यसको छायांकन नै सुरु गरेकी छिन् । कथाअनुसार नयाँ पुस्ता सुहाउँदो भएकाले सुहाना, अगस्त्य र खुशीलाई कास्ट गरेको उनले बताएकी छन् । फिल्मको बारेमा खासै जानकारी सार्वजानिक गरिएको छैन ।

यद्यपि बलिउडमा यी नयाँ पुस्ता आउने खबरले चर्चा बढ्दो छ । फिल्मलाई रीमासँग जोयाले मिलेर निर्माणसमेत गरिरहेकी छन् ।