तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

जम्मु कश्मीरमा ५ हजार युवालाई तालिम दिइने

By खबरहब

April 18, 2022

काठमाडौं– भारत प्रशासित जम्मु कश्मीरमा सरकारले ५ हजारभन्दा धेरै युवाहरुलाई उज्ज्वल भविष्यका लागि तालिम दिने भएको छ ।

जम्मु कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले ५ हजार युवाहरुलाई तालिम दिने घोषणा गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

सेनाले आयोजना गरेको ‘सही रास्ता’ नामक कार्यक्रममा बोल्दै उनले भने, ‘हामी उज्ज्वल भविष्यका लागि ५ हजार भन्दा धेरै युवाहरुलाई तालिम दिनेछौँ ।’

यसबाट युवाहरुलाई खराब गतिविधि गर्नबाट जोगाउने र उनीहरुमा नैतिकताको विकास हुने एएनआईले जनाएको छ ।

उक्त कार्यक्रममा लेफ्टिनेन्ट गभर्नर सिन्हाले सुरक्षा व्यवस्था चुस्त बनाई शान्ति एवम् स्थिरता कायम गरेकोमा भारतीय सेनालाई धन्यवाद समेत दिएको एएनआईले जनाएको छ ।