ब्रेकिङ स्टोरी

निर्वाचन सार्न खोजिए कडा प्रतिवाद गर्ने एमालेको निर्णय

By खबरहब

April 18, 2022

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचन सार्न खोजिए प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ अध्यक्ष केपीशर्मा ओली निवास बालकोटमा बसेको पार्टीको सचिवालय बैठकले वैशाख ३० का लागि तोकिएको स्थानीय तह निर्वाचन सार्न खोजिए यसको कडा प्रतिवाद गर्ने निर्णय गरेको हो । साथै, तोकिएकै समयमा निर्वाचनका लागि सरकारको षड्यन्त्रलाई निस्तेज पार्दै जाने पनि निर्णय गरिएको छ ।

बैठकपछि प्रतिक्रिया दिँदै उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले चुनावको विषयमा अलमलमा नपर्न सबैसँग आग्रह गरे । उनले चुनावको तयारीमा जुट्न पार्टीका कमिटीहरूलाई निर्देशन दिइएको पनि जानकारी दिए ।

बैठकले चुनावी घोषणापत्र तयारी मस्यौदा समितिले पेश गरेको घोषणापत्र अनुमोदन गरेको छ ।

त्यसैगरी, स्थानीय तहमा सिफारिस भएकाहरूको नाम प्रतिनिधिसभा, राष्ट्रियसभाको समानुपातिक सूचीबाट हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने पनि निर्णय गरिएको छ ।

बैठकले पार्टीको केन्द्रीय कार्यालय वैशाख ९ गतेदेखि तुलसीलाल स्मृति भवनमा सार्नेसमेत निर्णय गरेको छ ।