ब्रेकिङ स्टोरी

काठमाडौँ महानगरमा बालेन साहको अग्रता कायमै

By खबरहब

May 18, 2022

काठमाडौं- स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन् । उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन् । पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ४८७ मत पाएका छन् ।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३१२ मत ल्याएका छन् । बालेनले स्थापितसँग ६ हजार १७५ मतको अग्रता लिएका छन् ।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६३९९ मत ल्याएकी छन् । उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन् ।