ब्रेकिङ स्टोरी

३५ हजार गणना हुँदा बालेनको मत १३ हजार ७ सय : ६ हजार बढीको अग्रता

By खबरहब

May 18, 2022

काठमाडौं– स्वतन्त्र उम्मेद्वार बालेन साहले काठमाडौँ महानगरपालिकाको मेयरमा लगातार अग्रता बढाइरहेका छन्।

बुधबार बिहान उनले अग्रता ६ हजारले बढाएका छन्। उनले पछिल्लो समय एकपछि अर्को गरि मतान्तर बढाइरहेका हुन्। पछिल्लो मतपरिणामअनुसार बालेनले १३ हजार ७६१ मत पाएका छन्।

यस्तै दोस्रो स्थानमा रहेका एमालेका उम्मेद्वार केशव स्थापितले ७ हजार ३७७ मत ल्याएका छन्। बालेनले स्थापितसँग ६ हजार तीन सय ८४ मतको अग्रता लिएका छन्।

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ६ हजार ५३५ मत ल्याएकी छन्।

अहिले काठमाडौंको वडा नम्बर, ३, ४, ५, ६, २९, ३०, ३१, ३२ को मतगणना भइरहेको छ। अघिल्लो जस्तै यी वडामासमेत बालेनले अग्रता कायमै राखेका हुन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगोलले १२ हजार १५७ मत ल्याएकी छन्।