देश/प्रदेश

विराटनगर मेयरमा कांग्रेसका कोइरालाले कटाए ११ हजार मत

By खबरहब

May 18, 2022

काठमाडौं- विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका प्रत्यासी नागेश कोइरालाले ११ हजार ५११ मत प्राप्त गरेका छन् ।

पछिल्लो मतपरिणाम ३६ हजार ९२३ मत गनिसक्दा अनुसार उनले आफ्नो अग्रतालाई बढाउँदै लगेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सागरकुमार थापाले ८८४५ मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार उमेशकुमार यादवले ३७९३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेका शिल्पा कार्कीको १० हजार १३२ मतसहित अग्रता छ भने जसपाका अमरेन्द्र यादवले ६ हजार ९१ मत ल्याएका छन् ।