देश/प्रदेश

वीरगञ्ज महानगरमा गठबन्धनका सिहंको अग्रता दोब्बर

By खबरहब

May 18, 2022

वीरगञ्ज- वीरगञ्ज महानगरको प्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १० हजार ९९४ मतसहित अग्रतालाई कायमै राखेका छन्।

पछिल्लो मतगणनाअनुसार २१ हजार ८८७ मत गनिसक्दा उनले एमालेका उम्मेदवार नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीलाई करिब आधा मतले पछि पारेका हुन् । सरावगीको हालसम्म ५ हजार १११ मत आएको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) (एस) र जनता समाजवादी पार्टी (जसपा) का बीच एक समूह बनाएर तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको छ भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच आर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाएको हो ।

उपप्रमुखमा कांग्रेसका इम्तियाज आलमले ७६२६ मत ल्याउँदा राप्रपाका विना जयसवालले ६९० मत मात्रै पाएका छन् ।