देश/प्रदेश

हेटौंडा अपडेट : मेयर/उपमेयरमा गठबन्धनकै अग्रता

By खबरहब

May 18, 2022

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता बढाउँदै गएका छन् ।

हेटौंडाको ३१ हजार ६५६ मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ९ हजार ९४१ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ९ हजार ४१४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त पौडेल ८ हजार ४४७ मत प्राप्त गर्दै तेस्रो स्थानमा संघर्षरत रहेका छन् ।

त्यसैगरी उपमेयर पदमा गठबन्धनबाट नेपाली कांग्रेसका राजेश बानियाँ १४ हजार २७४ मतका साथ अग्रता लिइरहेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले ९ हजार ५३२ मतका साथ दोस्रो स्थानमा रहेकी छन् । राप्रपाकी इन्दिरा डल्लाकोटी न्यौपानेले भने २ हजार २६२ मत मात्र ल्याएकी छन्।